जेन–जीको माग सम्बोधन गर्न माग गर्दै प्रचण्डले भनेः स्थिति थप बिग्रिन नदिन सरकारले ठोस कदम चालोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जेन–जी पुस्ताको प्रदर्शनमा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न आग्रह गरेका छन्।

उनले जेन जी पुस्ताले उठाएका माग तत्काल सम्बोधन गर्न माग गरेका छन्।

उनले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’

जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन्।

उनले भनेका छन्, ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्दछु।’

Comments

One response to “जेन–जीको माग सम्बोधन गर्न माग गर्दै प्रचण्डले भनेः स्थिति थप बिग्रिन नदिन सरकारले ठोस कदम चालोस्”

  1. ksp pyl Avatar
    ksp pyl

    अहिलेको परिस्थितिको जिम्मेवार नै माओवादी हो । लडाकु पठाएर तोडफोड गरेको हुनसक्छ । छानबिन गर सरकार । केही जेनजिले हिजो दुर्गेसँग दाम ल्याएका थिए पनि भन्छन् नि । दक्षिणले पनि ओलिलाई विस्थापित गर्न लठैत घुसाएको होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *