सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय फिर्ता गराउन महामन्त्रीद्वयको देउवामाथि दबाब, प्रधानमन्त्रीसँग कुरा गर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

महामन्त्रीद्वयले पार्टी सभापति देउवालाई बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। भेटमा समसामयिक विषयमा केन्द्रित भएको उनले बताए।

महामन्त्रीद्वयले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।

महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए। सामाजिक सञ्जाल अर्को कुनै विकल्पबिना बन्द गर्दा परेको असरबारे महामन्त्रीद्वयले बताएपछि देउवाले पनि सकारात्मक जवाफ फर्काएको बताइन्छ।

अब देउवाले प्रधानमन्त्रीसहित पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग पनि छलफल गर्नेछन्। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको महामन्त्री थापाले सार्वजनिक रूपमै विरोध जनाएका थिए।

देउवाले पनि प्रधानमन्त्री दर्ता गर्ने कुरा मात्रै गरेको र बन्द गर्ने कुरा नगरेको शनिवार विराटनगर पुगेर बताएका थिए।

Comments

One response to “सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय फिर्ता गराउन महामन्त्रीद्वयको देउवामाथि दबाब, प्रधानमन्त्रीसँग कुरा गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    अमेरिकी दलालहरू देशमा कानून कार्यान्वयन नगर भन्छन् । यस्ता दलालहरूलाई अमेरिका डिपोर्ट गरिदेउ सरकार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *