इटहरी उपमहानगर कार्यालयमा ढुंगामुढा, विराटनगरमा राजतन्त्र र बालेनको पक्षमा नारा (तस्बिरहरू)

विराटनगर । जेनजीको प्रदर्शनका क्रममा कोशीका विभिन्न सहरमा झडप हुन थालेको छ ।

सुनसरीको इटहरीमा प्रदर्शनकारीले उपमहानगरपालिकाको कार्यालय तोडफोड र ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानेको छ । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

यस्तै विराटनगर महानगरमा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर अघि बढेका छन् । विराटनगरको ट्राफिक चोकमा भेला भएर उनीहरू महेन्द्र चोक हुँदै रोड शेष चोक पुगेका छन् ।

ट्राफिक चोकमा केहीबेर प्रदर्शनपछि देवकोटा चोक हिँडेका प्रदर्शनकारी अस्पताल चोकमा रोकिएका छन् ।

कमाण्डविनाको प्रदर्शनका कारण भिड बरालिएको छ । देखिएको प्रदर्शनका सहभागीहरूले चर्को नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध गालीगलौजपूर्ण नारा लगाएका ।

विराटनगरमा प्रदर्शनकारीले राजतन्त्र र बालेन साहको भने पक्षमा नारा लगाएका छन् ।

 

Comments

2 responses to “इटहरी उपमहानगर कार्यालयमा ढुंगामुढा, विराटनगरमा राजतन्त्र र बालेनको पक्षमा नारा (तस्बिरहरू)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    यो जेनजी पुस्ताको आवरणमा सडकमा आएकाहरु को बाट परिचालित छन् भन्ने बिस्तारै खुल्दैछ है !!!

  2. ram bhattarai Avatar
    ram bhattarai

    यो जेनजी पुस्ताको आवरणमा सडकमा आएकाहरु को बाट परिचालित छन् भन्ने बिस्तारै खुल्दैछ है

Leave a Reply

Your email address will not be published. Required fields are marked *