रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । केहीबेरमा केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठक ४ बजे बस्नेछ ।

जेनजीको आन्दोलनमा सरकारी धरपकड र अबको बाटोका सन्दर्भमा छलफल गर्नको लागि बैठक बोलाएको हो ।

जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *