संसद भवनको पर्खालमा ढुंगामुढा, प्रहरीले हान्यो लाठी र अश्रुग्यास

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारी संसद भवन अगाडि पुगेपछि झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस हानेको हो ।

माइतीघरबाट आएको प्रदर्शन बानेश्वरमा केही बेर रोकिएको थियो । तर, प्रहरीको ब्यारिकेड तोड्दै प्रदर्शनकारी संसद भवन अगाडि पुगेका छन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् । उनीहरूले संसद भवन बाहिरको पर्खाल फुटाइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *