काठमाडौं । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा काठमाडौंमा प्रदर्शन शुरु भएको छ ।
माइतीघरमा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् ।
उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् ।
प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिँदैछन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् ।


Leave a Reply