कम्युनिष्ट पार्टी स्थापनाकाे ७५ वर्षमा एमालेले फेर्याे झण्डामा अंकित हँसिया हथौडाको रंग

ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्णायर्थ पेश गरेपछि प्रतिनिधिहरुले तालिको ध्वनीका साथ प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिष्ट पार्टीहरुको लोगो हँसिया हथौडाको रंग एमालेले फेरेको छ । सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।

त्यसैगरी महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई दोहो¥याएको छ । उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

 

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *