एकान्तकुनाबाट दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरण सेवा सुरू

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरण सेवा सुरू गरिएको छ ।

निजामती सेवा दिवसको अवसर पारेर बागमती सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले उक्त सेवा उद्घाटन गरेका हुन् ।

बागमी प्रदेश सरकारले अनलाइनबाट ब्लू बुक नवीकरण गर्न सकिने व्यवस्था यसअघि नै सञ्चालनमा ल्याएको छ ।

जसमा सवारी कर, जरिवानालगायत सबै प्रकारका भुक्तानी पर्छन् । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबा‍टै यो सेवा उपलब्ध हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *