काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य अशिम शाहले जेन्जीले गर्ने नयाँ स्वरुपको आन्दोलन केवल युवाको आन्दोलन मात्र नभई सम्पूर्ण नेपाली युवाहरूको अधिकार र स्वतन्त्रताको आन्दोलन भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै उनले आफु पनि युवाको आवाजसँग रहेको बताए ।
‘भोलि सेप्टेम्बर ८ मा काठमाडौंमा उठ्ने ‘न्भल श् को आन्दोलन’ केवल युवाको आन्दोलन मात्र होइन, यो सम्पूर्ण नेपाली युवाहरूको अधिकार र स्वतन्त्रताको आन्दोलन हो,’ उनले लेखेका छन्, ‘सांसदका रूपमा म स्पष्ट रूपमा भन्न चाहन्छु—म युवाको आवाजसँग छु, र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हरेक निर्णयको विरोधमा छु।’
सुचीकरण नभएका सामाजिक सञ्जाल फेसबुक, युट्युब र ह्वाट्सएप लगायत २६ एप्लीकेशनलाई सरकारले ब्याण्डगपछि त्यसको विरोध गर्दै उनले युवाहरु भविष्य डिजिटल स्वतन्त्रता, पारदर्शिता र जवाफदेहीतामा अडिएको बताए ।
जेन्जीले गर्ने आन्दोलनले देशको लोकतन्त्रलाई अझै बलियो बनाउनेमा विश्वास रहेको उनले बताए ।

Leave a Reply