काठमाडौं । दैनिक रुपमा प्रयोग हुने उपभोग्य बस्तुको अब दैनिक रुपमा बजार अनुगमत हुने भएको छ ।
दैनिक उपभोग्य बस्तुको दैनिक रुपमा अनुगमन गरेर १५ दिनको प्रतिवेदन हेरेर मूल्य वृद्धि भएमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग कारबाही गर्ने भएको छ । यसभन्दा पहिले उजुरी आएमा वा बजारमा मूल्य वृद्धि भएको थाहा भएपछि मात्रै अनुगमन गरेर कारबाही गर्ने प्रचलन रहेको थियो । तर, अब भने विभागले दैनिक उपभोग्य बस्तुको प्रत्येक दिन अनुगमन गर्ने भएको हो । विभागले आज पत्रकार सम्मेलन गरेर अब दैनिक रुपमा उपभोग हुने खाद्य बस्तुको अनुगमन गरेर १५ दिनमा नै मूल्य वृद्धि भएमा कारबाही गर्ने बताए ।
उनले भने, ‘अब विभागले दैनिक प्रयोग हुने उपभाग्य बस्तुको प्रत्येक दिन अनुगमन गरेर १५ दिनमा प्रतिवेदन बनाउने छ । त्यो प्रतिवेदनमा अश्वभावीक दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि भएको अवस्थामा हामीले कारबाही गर्ने छौँ । दाल, चामल, तेल, दुग्ध, तरकारी, फलफूल, माछा मासु र मरमसला लगायतका बस्तुको अब दैनिक रुपमा अनुगमन हुने छ । बजारमा त्यस्ता बस्तुको मूल्य अश्वभाबीक मूल्य वृद्धि भएमा कारबाही हुने छ ।’
उपभोक्ता संरक्षण परिषदको ५औं बैठकले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ बमोजिम बजारका तह निर्धारण गर्न, दफा २१ बमोजिम वस्तु तथा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्न र वाणिज्य तथा आपूर्तिको क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्थामा गरिनुपर्ने समसामयिक सुधारका सम्बन्धमा प्रतिवेदन पेश गर्न विभागका महानिर्देशको संयोजकत्वमा निजी क्षेत्र र सरोकारवाला निकायको सहभागिता रहने गरी समिति गठन गर्ने भएको छ ।
बजार अनुगमन सम्बन्धी कार्य योजना केन्द्रीय बजार अनुगमन समितिबाट स्वीकृत गरी कार्यान्वयन गर्ने र चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।
चाडपर्व लक्षित बजार अनुगमनको के छ तयारी ?
विभागका महानिर्देशक ज्ञवालीका अनुसार दैनिक रुपमा चाडपर्वको बेला ६ वटा टोलीले बजार अनुगमन गर्ने छ । विभागसँग ७ वटा अनुगमन टोली भए पनि एउटा टोली भने विभागमा नै स्टायनबाइ रहने छ । त्यो टोली अति आवश्यक परेको बेला विभागबाट अनुगामनमा जाने छ ।
यस वर्ष चिनीको अभाव नहुने हुने भएको छ । विभागले उत्पादनकहरुसँग छलफल बजारको माग धान्ने चिनी रहेकाले अभाव नहुने विभागले बताएको हो ।

Leave a Reply