सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा ललितपुर महानगरकाे डाेजर (भिडिओ)

ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ ।

नगर प्रहरीले आइतबार तीनवटा डोजरसहित गएर ललितपुर–५, लगनखेलस्थित कित्ता नं. १०५ काे सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काएको हो ।

महानगरले ३५ दिने सूचना टाँस गरेर दिएको समयसीमा नाघेपछि डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेतुले जानकारी दिए ।

महानगरपालिकाभित्रका सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीतिबमोजिम सो स्थानमा रहेको न्हुः पोखरीको जीर्णोद्वार तथा पुनः निर्माणका लागि ती संरचना भत्काइएकाे उनले बताए ।

उनका अनुसार पाेखरी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजनसमेत भइसकेकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *