‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौंमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँ सहभागी हुने भएका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रसाईँले प्रतिबन्धित फेसबुकमा लेखेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता-चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन्। विदेशसम्म-अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ। म यस कुरामा धेरै खुसी छु !’

Comments

2 responses to “‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने”

  1. ksp pyl Avatar
    ksp pyl

    कानून नमान,बैंकको ऋण नतिर भन्दै देशमा अराजकता मच्चाउने, विदेशीका दलालहरूले हो आन्दोलन गर्ने ।

  2. Mr. Lama Avatar
    Mr. Lama

    हैन याे डाँकाले पाे गरेकाे रहेछ झन म नि जान्छु भनेकाे त अब भाे जान्न हाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *