ईन्द्रजात्रामा महाकाली नाच प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । ईन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले ईन्द्रजात्राको क्रममा काठमाडौं दरबार स्क्वायर, हनुमान ढोकामा पवित्र नृत्य प्रदर्शन गरेका छन् ।

नेवार परम्परामा देवीपूजा र राक्षसवधको प्रतीक मानिने महाकाली नाचलाई भाद्र महिनामा विशेष गरी इन्द्रजात्रा र गाईजात्रासँग जोडेर देखाइन्छ। यस नाचमा कलाकारहरूले देवी महाकालीसहित महालक्ष्मी, कुमारी, मुस्क्याखो, दैबग्य, खर्बुजा, मखा फ्यान, फाइजु, ब्याञ्जु, र गलेशी पुंखा देवीजस्ता पात्रहरूको भूमिका निर्वाह गर्छन् ।

सातवटा नाच समुहहरू—खर्बुजा, दैबग्य, मुस्क्याखो, गलेशी पुंखा देवी, मखा फ्यान, फाइजु र ब्याञ्जुले प्रदर्शन गर्ने यो नाचलाई भक्तपुरमा दि प्याखं (देवी नाच) भनेर पनि चिनिन्छ ।

भक्तपुरको प्राचीन पहिचान बोकेको यस नाचलाई पुरातत्व विभागले अमूर्त सम्पदाको रूपमा दर्ता गरेको छ। महाकाली नाच वर्षमा दुई पटक—काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा गाईजात्राका अवसरमा—मात्र प्रदर्शन गरिन्छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *