काठमाडौं । वसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट व्यक्ति सहभागी छन् ।
वसन्तपुर पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वागत गरेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा भने उनी गयल देखिए । ओलीको स्वागतमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ गएका थिए ।

प्रधानमन्त्री ओलीसँग बालेनबीच विगतदेखि नै सौहार्दपूर्ण सम्बन्ध छैन । इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुरलगायत नेवार बस्ती भएका धेरै ठाउँमा भगवान् इन्द्रलाई सम्झेर मनाउने चलन छ ।
काठमाडौं उपत्यकाको ठूलो पर्व मानिने इन्द्रजात्रा वसन्तपुरमा भने काठमाडौं महानगरपालिका नै आयोजक बनेर विशेष कार्यक्रम गर्ने गरिएको छ ।


Leave a Reply