गाेदावरीमा उपाध्यक्षद्वयकाे व्यस्तता: भन्छन्- विद्याकाे विषय ख्यालख्यालमा टर्दैन, महाधिवेशनसम्म जान्छ

गोदावरी, ललितपुर । एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन चलिरहेको छ । महाधिवेशनस्थलमा अरु सबै नेता फुर्सदी छन् । उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेको व्यस्तता भने फरक छ ।

यी दुईजत्तिको व्यस्त न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन्, न त स्थायी कमिटी सदस्य कर्ण थापा नै । उनीहरू कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेरदह पक्षधर, अर्थात् पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षमा खुलेका नेता हुन् । महाधिवेशनस्थलमा भने ज्ञवाली र पाण्डेलाई अलग्गै बोलाउने, कुरा गर्ने र कानेखुसी गर्ने जस्ता दृश्य देखिन्छ ।

नेपाल प्रेसले यी दुबै नेतालाई एकैसाथ भेट्दा प्रश्न गर्‍यो, ‘तपाईंहरुको कुरा अब कसरी अगाडि बढ्छ ?’, पाण्डेले भने, ‘पार्टीभित्र जबर्जस्त र बलियो एजेण्डा त बन्यो नि ।’ उनको जवाफ सकिएकै थिएन, ज्ञवालीले पाण्डेको कुरामा आफ्नो कुरा थप्दै अलिक चर्कोसँग पेश भए, ‘यो यत्तिकैमा सकिने कुरा हैन ।’ उनको चर्को स्वर सुनेर अरु पनि झुम्मिए । ज्ञवाली बोल्दै गए, ‘हेर्नुस्, यो कुरा जीवनको अन्तिम क्षणसम्म उठ्ने भयो, मलाई एमालेको सदस्य भएर मर्न मन छ भन्नुपर्ने दिन आउनसक्छ ।’

फेरि नेपाल प्रेसको प्रश्न थियो, अघि कर्ण थापालाई आधा घण्टा उभ्याएर बोल्न नदिएकोचाहिँ…’, प्रश्न पूरा भएको थिएन, पाण्डे बोल्न थाले, ‘केही छैन, बलियो एजेण्डा बन्यो, त्यो पनि (कर्णलाई उभ्याइएको) त्यसअन्तर्गतकै कुरा हो ।’ अर्को प्रश्न थियोे, ‘अब के होला त ?’ पाण्डेले भने, ‘०८४ भनेको त्यसै होइन नि, ८४ पूजा किन गर्छन् ? किनभने, त्यसपछि जीवन चलायमान हुँदैन भन्ने सिम्बोल हो नि !’ उनको भनाइ थियो, ‘ओलीजीले ८४ भित्र ८४ पूजा नै देख्नुहुन्छ ।’

‘चालु विधान महाधिवेशनमा उक्त कुराको उठान अब कसरी हुन्छ ?’ नेपाल प्रेसको यो प्रश्नमा ज्ञवालीले भने, ‘विधान महाधिवेशनमै सबै कुरा टुंगिने होइन, मुख्य महाधिवेशन त आउँदैछ नि ।’ उनका अनुसार ११ औं महाधिवेशनसम्ममा पूर्वराष्ट्रपति विद्या भण्डारीका पक्षमा अझ सशक्त र हस्तक्षेपकारी ढंगले गतिविधि अगाडि बढ्छ । भने, ‘यो सानो कुरा हैन नि, ख्यालख्यालमा टरेर जाने, अब झन् बढ्छ, हेर्दै जानुस् ।’

Comments

2 responses to “गाेदावरीमा उपाध्यक्षद्वयकाे व्यस्तता: भन्छन्- विद्याकाे विषय ख्यालख्यालमा टर्दैन, महाधिवेशनसम्म जान्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    सुरेन्द्र पाण्डे र ज्ञवालीसँग ५ भोट बढाउने क्षमता छैन । ठूला कुरा गर्ने ? व्यक्तिका नाजायज माग पूरा गराउन अरू सबै कुरा छोडेर लाग्नेले न पार्टी बनाउछ न दुई भोट बढाउछ । यिनलाई अब बिस्तारै साइड लगाईदिनुपर्छ । देशको अभिभारा, स्वाभिमान र समृद्विको अभिभारा जस्तो महान कुराको पछि लाग्नु त कता हो कता दुई पटक राष्ट्रपति भएको व्यक्तिलाई लाज शरम पचाएर वडा सदस्य खुवाउनै पर्छ भनेर हिडेका छन् । के नेता भन्नू यस्ता नालायकहरूलाई ।

  2. G. P. Gorkhaly Avatar
    G. P. Gorkhaly

    Ward adhyakshya hoina ke. Nekapa adhyakshya ra pradhan mantri ho ni

Leave a Reply

Your email address will not be published. Required fields are marked *