काठमाडौं । गोदावरीस्थित सजनराइज हलमा सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशन जारी छ ।
३ दिने यस कार्यक्रममा देशभरबाट एमालेका ३ हजारभन्दा बढी नेता-कार्यकर्ता भेलिएका छन् । एमालेको ‘महाकुम्भ’ स्थल सनराइज हलमा ३५ सयजनालाई खानाको अर्डर गरिएको छ ।
क्याटरिङको जिम्मा कार्की ब्यांक्वेटलाई दिइएको छ । प्रतिव्यक्ति न्यूनतम १५ सयको मेन्यूमा रहरीको दाल, भात, तरकारी, अचार, पापड, सलादसहित खसीको मासु राखिएको छ । डेजर्टमा दही, जेरी र लड्डु छ ।
नेता र प्रतिनिधलाई सँगै व्यवस्था गरिएको छ । क्याटरिङका स्टाफ, मन्त्री र शीर्ष नेताका पीएसओ साथै पीए (प्रतिनिधि नभएकाहरू) को अलग्गै ठाउँमा खानाको व्यवस्था गरिएको छ ।
प्रतिनिधिहरु समूह छलफलमा छन् । उनीहरूलाई छलफलपछि खाना खुल्ने भएको छ । तर, समूहम नपरेका नेता भने खाना खाइरहेका छन् ।


Leave a Reply