काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई कार्यान्वयन गर्ने रोडम्यापसहितको प्रतिवेदन विधान महाधिवेशनमा पेस गरेको बताएका छन्। महाधिवेशनस्थल गोदावरीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली समाजवादको विशेषतासहितको प्रतिवेदन पेस गरेको बताए।
उनले भने, ‘उहाँले अब लिनुपर्ने कामको मुख्य कार्यदिशा, कामका प्राथमिकता, सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढीकरण गर्ने, समानता र सुशासन कायम गर्नको लागि गर्ने प्रयास पहल, विभिन्न राजनीतिक शक्तिहरूसँगको सहकार्य र बुझ्नेबारे, भूराजनीतिक सम्बन्ध, विकासका १५ औँ र १६ औँ वर्षीय आयोजनाहरूबारे पनि चर्चा गर्नुभएको छ।’
उनले गरिबीको अन्त्य गर्दै नेपाली जनताको मर्यादित कसरी प्राप्त गर्ने भनेर समाजवादको व्याख्या गरिएको बताए।
उनले थपे, ‘समाजवाद प्राप्त गर्ने अथवा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई कार्यान्वयन गर्ने रोडम्यापबारे अध्यक्षको प्रतिवेदनमा उल्लेख भएको छ।’
उनले अनुसार अहिलेसम्म ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्ताव मात्रै पेस भएका छन्। अब उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव, विभिन्न आयोगहरूका प्रतिवेदन पेस गरेर आज बैठक ८ बजेतिरमात्रै सकिने उनले बताए।

Leave a Reply