एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पढ्न दिइने

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य कर्ण थापालाई विधान महाधिवेशनमा फरक मत राख्न दिने भएको छ ।

गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेल सांगठानिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि थापालाई फरक मत पढ्न दिइने कार्यसूची तय भएको हो । उनको प्रतिवेदन प्रतिनिधिलाई बाँड्न दिन पनि नेतृत्व तयार भएको छ ।

थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक मत राख्नेछन् ।

हिजो बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।

थापालाई फरक मत राख्न दिएपछि भण्डारी सदस्यताको विषयमा विधान महाधिवेशनमा छलफल नहुने ओलीले बताइसकेका छन् ।

Comments

One response to “एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पढ्न दिइने”

  1. ksp pyl Avatar
    ksp pyl

    कर्ण थापाको अरू विषय नै छैन । विषय एउटै छ विद्या, विद्या अनि विद्या । यस्तो मान्छे पनि कम्युनिष्ट ? त्यै पनि पूर्व राष्ट्रपतिलाई वडा सदस्यको टिकट भिडाएर पछि लागेर हिडौंला भनेर । यस्ता बकम्फुस्से कुरा पनि फरक मत ? भिम रावलको नयाँ रूप मात्र हो कर्ण । अब कर्णले एमालेको हित होईन अहित मात्र हुने काम गर्छ भिम जस्तै ।हेर्दै जानुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *