गोदावरीमा गुञ्जियो गाउँगाउँबाट उठ……

गोदावरी । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थल गोदावरीको सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीको अनुरोधमा प्रतिनिधिले ‘गाउँ गाउँबाट उठ, बस्तीबस्ती बाट उठ…..’ गीत गाएका छन् ।

विधान महाधिवेशनको औपचारिक उद्घाटन सत्र समापन पछि दस्तावेजहरू प्रस्तुत गर्नुअघि राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारले गाउँ गाउँबाट उठ, बस्तीबस्तीबाट उठ भन्ने धुन बजाएका थिए । उक्त गीतको संगीत बजाएर सकिएपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कलाकारहरूलाई  नैशब्द प्रस्तुत गर्न अनुरोध गरे । सँगै उनले प्रतिनिधिहरूलाई पनि मूल गायकको गीत सुन्दै नआउने भएपनि सँगै आवाज मिसाएर साथ दिन गाउन अनुरोध गरे ।

जब धुन बज्न थाल्यो अध्यक्ष ओली सिटबाट उठेर सँगै गीत गाउन थाले । हलका सहभागि पनि सिटबाट उठे, सबै सहभागी एमाले नेता कार्यकर्ताले गायकसँगै गीत गाउन थाले । हलभरी गाउँगाउँबाट उठ, गुञ्जियो । सहभागीले हाउभाउसहित गाउँगाउँबाट उठ गीत गाएपछि अहिले राजनीतिक दस्तावेज प्रस्तुत भइरहेको छ ।

एमाले अध्यक्ष ओलीले तयार गरेका राजनीतिक प्रतिवेदनको प्रस्तुतिको सम्बोधन मात्रै ओलीले वाचन गरेपछि उपमहासचिव प्रदीप ज्ञवालीलाई वाचन गर्न लगाएका छन् । अहिले उपमहासचिव ज्ञवालीले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

महाधिवेशन उद्घाटन १२ मिनेटमा सकिएको थियो । कलाकारहरूले प्रत्यक्ष समृद्धिको मंगल धुनसँगै उद्घाटन समारोह सुरु भएको थियो । समृद्धिको मंगल धुन बजिरहँदा डिजिटल बोर्डमा विकासका लहरहरूको दृष्य देखाइएको थियो ।

राष्ट्रिय धुन, नेकपाका संस्थापक पुष्पलाल, जनताको बहुलदीय जनवादको प्रणेता मदन भण्डारी, कम्युनिस्ट पार्टीको पहिलो निर्र्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सहिदहरुको सम्झनामा शोक धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बजाएर उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा धुनकै आधारमा बहिर पर्खालमा निर्माण गरिएको मिडिया सेन्टर छेउमा कलाकारहरुले आर्ट गरिरहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *