सदस्यताको याचनासहित विद्याको पत्र गाेदावरीमा एमाले प्रतिनिधिलाई बाँडिदै (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरू भएको छ ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याइसकेका छन् ।

उद्घाटन समारोहमा उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषय पार्टीमा अनावश्यक ढंगले संवेदनशील बनाइएको जिकिर गरे । ओलीले यसो भनिरहँदा महाधिवेशनस्थलमा प्रतिनिधिलाई भण्डारीको सन्देश भन्दै चिठी वितरण भइरहेका छन् ।

पूर्वराष्ट्रपति एवं एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले विधान महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् ।

भण्डारीको भावुक पत्रमा के छ ? यो लिंकमा जानुहोस्

विधान महाधिवेशन प्रतिनिधिलाई विद्याको पत्र- विधि, संस्कार र न्यायका लागि आवाज उठाउनु होस्

महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै भण्डारीले साउन ५-६ को केन्द्रीय कमिटी निर्णयको नाममा आफ्नो नवीकरण भइसकेको सदस्यतामाथि प्रश्न उठाइएकाले केही कुरा राख्ने उद्देश्यसहित पत्र लेखेको भण्डारीले उल्लेख गरेकी छन् ।

‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु’, उनले लेखेकी छन् ।

भण्डारीले आफ्नो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन भन्दै यसलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् भनी याचनासहित न्याय र सत्यको पक्षमा आवाज उठाउन अनुरोध गरेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Comments

One response to “सदस्यताको याचनासहित विद्याको पत्र गाेदावरीमा एमाले प्रतिनिधिलाई बाँडिदै (तस्बिरहरु)”

  1. ksp pyl Avatar
    ksp pyl

    बाँडने कै अघि च्यातेर हिडनुपर्ने । जति खाए पनि नपुग्ने, अरूलाई पालो दिनै नपर्ने याचनाको कुनै अर्थ छ ? रोएर राज्य पाईन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *