काठमाडौं । आज मुस्लिम धर्मावलम्बी लागि मात्रै सार्वजनिक बिदा दिइएको छ ।
मुस्लिम आयोगबाट चैत २० गते शुक्रवार मोहम्मद जयन्ती (मोहम्मद दिवस) परेको जानकारी भएपछि गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीका लागि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गत फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था उल्लेख रहेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

Leave a Reply