नेपाली राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित सत्ताको नेतृत्व गरेको नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदै छ । नेतृत्व छनोट गर्ने महाधिवेशनको झल्को दिने गरी देशभरका प्रतिनिधि जम्मा गरेर सुरु भएको विधान महाधिवेशन आजदेखि तीन दिनसम्म चल्नेछ ।
यो महाकुम्भमा एमालेको विधान २०४९ (दशौँ महाधिवेशनको संशोधनसहित) को धारा १ को उपधारा २ बमोजिम २ हजार २६ जना प्रतिनिधि र ३ सय १५ आयोजक गरी २ हजार ३ सय ४१ प्रतिनिधिको उपस्थिति रहेको छ । पार्टीका हरेक दुई महाधिवेशनबीच एक पटक आयोजना हुने यो महाधिवेशनले विधानको धारा १५ (३) अनुसार पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनदेखि अहिलेसम्मको राजनीति तथा सांगठानिक समीक्षा र आगामी कार्य योजनाका बारेमा घनिभूत छलफलपश्चात् ठोस निचोड निकाल्ने छ ।
पार्टीको धारा १२ ले व्यवस्था गरेका ७ वटा केन्द्रीय निकायमध्ये नेतृत्व छनोट गर्ने महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगको नेतृत्व छनोटसमेत यो महाधिवेशनले गर्ने छ । संघीय सरकार र तीन वटा प्रदेश (कोशी, लुम्बिनी र कर्णाली) सरकारको नेतृत्व गरेको एमाले विधान महाधिवेशनले गर्ने छलफलको प्रक्रिया तथा निर्णयका बारेमा विश्वको ध्यान केन्द्रित छ ।
पार्टीको एघारौँ महाधिवेशन निकट भविष्यमै हुँदैछ । एघारौँ महाधिवेशनबाट छनोट हुने नेतृत्वको आकार, नेतृत्व छनोट विधि, पार्टीले लिने नीतिको निर्क्योल गर्ने यो महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि मात्रै नभएर देशले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य प्राप्तिका लागि समेत यो महाधिवेशन कोशेढुङ्गा साबित हुन सक्नुपर्छ । पछिल्लो केही समययता पार्टीका पूर्वउपाध्यक्ष तथा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषयलाई बाह्य रूपमा गरिएको अनावश्यक चर्चाको विषयले पनि यो महाधिवेशन सर्वाधिक चासोको विषय बन्न पुगेको छ ।
महामहिम पूर्वराष्ट्रपति भण्डारीका अघि ‘गर्ने भन्दा गराउने व्यक्ति ठूलो’ भन्ने नेपाली लोक उक्तिलाई प्रमाणित गर्ने ठूलो अवसर छ । सबै ठाउँमा आफै जानु भन्दा आफ्नो नीति कार्यान्वयन गराउन सुपर भिजन गर्ने काम आफैमा युक्ति सङ्गत मात्र होइन यो युगसंगत पनि हुने कुरालाई गहिरो रूपले मनन गर्नुपर्छ भन्ने लाग्छ ।
विधान महाधिवेशन नीति र विधिका कुरा गर्ने हो । यो महाधिवेशनले मुख्यगरी यस पटक महत्त्व निर्णय गर्नेछ । खास गरी पोलिसी डिपार्चरका लागि नेपाली विशेषता सहितको समाजवादको मोडेल तय गर्ने छ । यो भनेको पार्टीको राष्ट्रिय आकांक्षा र गन्तव्यका रूपमा रहेको समृद्ध नेपालः सुखी नेपालीलाई नेपाली विशेषताको समाजवादको मोडेलमा ढाल्दै राष्ट्रिय दिशाका रूपमा लिने छ । यो पोलिसी डिपार्चरका लागि महत्त्वपूर्ण कार्य हुनेछ ।
त्यस्तै महाधिवेशनले ४ वटा निष्कर्ष समेत निकाल्ने छ । वर्तमान राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने काम राजनीतिक प्रतिवेदनले गर्नेछ । पार्टी संगठन अब कसरी अघि बढ्ने ? हामी कहाँ छौँ ? हाम्रो लक्ष्य निर्धारण र अबको बाटो तय गर्ने काम संगठनात्मक प्रतिवेदनले गर्नेछ । पार्टी सञ्चालन सम्बन्धी विधि निर्माण संशोधित विधानले गर्नेछ । यसै गरी अनुशासन, केन्द्रीय लेखा, सल्लाहकार परिषद्का प्रतिवेदन पनि महाधिवेशनले ग्रहण गर्नेछ । केन्द्रीय निर्वाचन आयोगको नयाँ नेतृत्वको चयन पनि यसै विधान महाधिवेशनले गर्नेछ । आजदेखि सुरु हुने विधान महाधिवेशनका मुख्यतया यी चार कामहरू महत्त्वपूर्ण हुनेछन् ।
पार्टीका सबै जिल्ला, प्रदेश, जनसङ्गठन, प्रवासको समेत प्रतिनिधित्व भएको यस ऐतिहासिक विधान महाधिवेशनले निम्न कुराहरूलाई आफ्नो मूल मन्त्रका रूपमा छलफल मार्फत आवश्यक नीति तथा कार्यक्रमको तय गरिने हो भने वास्तवमै एमाले विधान महाधिवेशन थप ऐतिहासिक साबित हुने देखिन्छ ।
जबजको नीति
एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद (जबज) सोभियत संघ र पूर्वी युरोपियन देशहरूको समाजवाद ढाँचा भत्किरहेको समयमा सार्वजनिक भएको दस्ताबेज हो । पूर्वी युरोप र सोभियत संघमा समाजवादी संरचना भत्किएपछि संसारभर कम्युनिष्टले भन्ने गरेको समाजवादको भयङ्कर ठूलो विरोध सुरु भयो । संसारभर कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट मुभमेन्ट कमजोर भइरहेको समयमा जननेता स्वर्गीय मदनकुमार भण्डारीको अगुवाइमा जबजको दस्ताबेज आएको हो ।
नेपाली मार्सवादको उपमा पाएको जबजले परिकल्पना गरेको समाजवाद र लोककल्याणकारी राज्यको मापदण्ड अनुसार अहिलेसम्म एमालेले एकल सरकारको नेतृत्व गर्न अझैँ पाएको छैन । नेपाली भूगोल र अवस्था अनुसारको मार्सवादका रूपमा संसारभर चर्चा पाएको जबजका १४ वटा विशेषताहरू अनुसारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बाँकी नै छ । सर्वाङ्गीण विकासका सूचकहरू र नेपालको भूराजनीतिक अवस्था अनुसार पनि जनताको बहुदलीय जनवादको अपरिहार्यता अहिले पनि उत्तिकै छ ।
२०५१ सालको छोटो अवधिको एमाले नेतृत्वको एकल सरकारले जबजले परिकल्पना गरेको नीति तथा कार्यक्रम अनुसार लोककल्याणकारी राज्यको अवधारणा अनुसार कामको सुरुवात गरेर नेपाली समाजका लागि यसको महत्वलाई थप प्रष्ट्याउने काम गर्यो । त्यसपछिका विभिन्न समय एमाले नेतृत्वमा सरकार गठन भए पनि अन्य राजनीतिक शक्तिहरूको सहकार्यमा बनेका सरकारका कारण जबजले परिकल्पना गरेका मोडेल अनुसारका नीति तथा कार्यक्रम ल्याउन सकिरहेको अवस्था छैन ।
विधान महाधिवेशन नीति र विधिका कुरा गर्ने हो । यो महाधिवेशनले मुख्यगरी यस पटक महत्त्व निर्णय गर्नेछ । खास गरी पोलिसी डिपार्चरका लागि नेपाली विशेषता सहितको समाजवादको मोडेल तय गर्ने छ । यो भनेको पार्टीको राष्ट्रिय आकांक्षा र गन्तव्यका रूपमा रहेको समृद्ध नेपालः सुखी नेपालीलाई नेपाली विशेषताको समाजवादको मोडेलमा ढाल्दै राष्ट्रिय दिशाका रूपमा लिने छ । यो पोलिसी डिपार्चरका लागि महत्त्वपूर्ण कार्य हुनेछ ।
यद्यपि अन्य सरकारको तुलनामा एमाले नेतृत्वका सरकारले देशको राष्ट्रियता, ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य तय गर्ने, पूर्वाधारको क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरूको सुरुवात गर्ने, नागरिकमा आशाको दियो सञ्चार गर्ने, तीन तहका सरकारलाई लोककल्याणकारी सरकारका अवधारणा अनुसार अघि बढ्न प्रेरित गर्ने काम एमालेकै नेतृत्व र जबजकै सैद्धान्तिक धरातलमा भएको छ ।
नेपालको संविधानको प्रस्तावनामा समाजवाद उन्मुख उल्लेख गरिए पनि त्यसको प्राप्त जनताको बहुदलीय जनवाद मार्फत मात्रै हुन्छ भन्ने कुनै मतयैक्क्ता देखिँदैन । आज पनि एमालेले लिएको जबजको नीतिमा सबै राजनीतिक शक्ति आइपुगेका छन् । त्यसैले आजबाट सुरु हुने ऐतिहासिक दोस्रो विधान महाधिवेशनले एमालेको जबज नीतिको प्रभावकारी कार्यान्वयनलाई जोड दिनु पर्दछ ।
नीतिगत रूपमा छलफल गरेर जबजले अङ्गीकार गरेको १४ विशेषता अनुसार सरकारका नीति तथा कार्यक्रममा सरकार साझेदार दल देखि सिद्धान्त मिल्ने राजनीतिक शक्तिहरूलाई समेत सहकार्यका लागि आव्हान गर्ने कामलाई प्राथमिकता दिनु पर्दछ ।
ओलीको नेतृत्व
एमालेको भावी संरचना आसन्न विधान महाधिवेशनको महत्त्वपूर्ण एजेन्डा हो । आफैमा यो प्राविधिक विषय पनि हो । नेतृत्व कस्तो हुने ? भन्ने विषय पार्टीको गतिशीलता र आम पार्टी पंतिको प्रतिनिधिहरू सम्मीलित महाधिवेशनले निर्माण गर्ने कुरा हो । यद्यपि ऐतिहासिक विधान महाधिवेशनले पार्टीको दीर्घकालीन भविष्यका लागि एउटा पारदर्शी रोडम्याप तयार गर्न जरुरी छ । १५ वर्ष पार्टीको एकल नेतृत्व पश्चात् कोमामा पुगेको एमाले पछिल्लो समय राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित छ ।
त्यो पार्टी पाएको दूर दृष्टि नेतृत्व र उसको गतिशीलताकै कारण प्राप्त उपलब्धि हो भन्नलाई कुनै पनि पार्टीको कार्यकर्ता र नेतृत्वलाई सङ्कोच छैन । अझै पनि नेपालको भूराजनीतिक अवस्था, विकासका सूचकहरु, नेपाली समाजको विद्यमान अवस्थालगायतका कारण एमालेको सभ्यता र निर्णायक भूमिकाको अपरिहार्यता थप पेचिलो बन्दै गएको छ । एमालेले गर्ने निर्णय अज देश मात्र नभएर विश्वको समाजवादी आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनको सिकाइको विषय बन्न थालेको छ ।
त्यो विद्यमान एमालेको कुशल नेतृत्व, एकीकृत पार्टी र चलायमान संयन्त्रकै परिणाम हो भन्ने निचोडबाट यो विधान महाधिवेशन डगमगाउन हुन्न । राजनीतिक रूपमा आफूलाई अब्बल साबित गरेर देखाउने यथेष्ट समय हुँदा पनि कोमा रहेको पार्टी मैदानमा आएर अरुलाई नेतृत्व गर्ने अवस्थासम्म पुर्याउने काम पार्टीका वर्तमान अध्यक्ष कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा सबलिभूत भएको हो । यो औचित्य अझै पुष्टि हुन बाँकी नै छ ।
नेपालको संविधानको प्रस्तावनामा समाजवाद उन्मुख उल्लेख गरिए पनि त्यसको प्राप्त जनताको बहुदलीय जनवाद मार्फत मात्रै हुन्छ भन्ने कुनै मतयैक्क्ता देखिँदैन । आज पनि एमालेले लिएको जबजको नीतिमा सबै राजनीतिक शक्ति आइपुगेका छन् । त्यसैले आजबाट सुरु हुने ऐतिहासिक दोस्रो विधान महाधिवेशनले एमालेको जबज नीतिको प्रभावकारी कार्यान्वयनलाई जोड दिनु पर्दछ ।
एक पटक एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाएर जबजले परिकल्पना गरेका सरकारका नीति तथा कार्यक्रममार्फत नेपाली समाजको रूपान्तरण गर्दै समाजवादको आधार तय गर्ने प्रमुख काम अझै बाँकी छ । त्यसका लागि ओलीबिनाको नेतृत्वको एमालेको परिकल्पना केही समयका लागि गर्न हुन्न । यद्यपि एमालेको नेतृत्व गर्ने क्षमतावान् नेताहरूको अभाव एमालेमा होइन तर दूरदर्शी नेतृत्व, एकताबद्ध पार्टी र गतिशील पार्टी संयन्त्र निर्माणका लागि अझै ओली नेतृत्वको खाँचो छ । जुन कुरालाई पार्टीले आधिकारिक रूपमा निर्णय गरे पनि सकेको छ ।
अहिलेको सङ्क्रमणकालीन अवस्थामा एमालेले लिएका नीति र गरेका कामका आधारमा मुरमुरिएका आन्तरिक तथा बाह्य शक्तिहरूको पार्टीलाई कसरी कमजोर बनाउन सकिन्न भन्ने ध्याउन्नलाई बल पुग्ने बहसको पछि यो ऐतिहासिक दोस्रो विधान महाधिवेशन जाँदैन र जान हुन्न भन्नेमा समग्र एमाले जन सचेत नैं छन् । तथापि बन्द सत्रमा हुने छलफल र त्यसले प्रवाह गर्ने सन्देशमा समेत एकमाने रूपमा जबजको नीतिमा ओलीको नेतृत्वको अपरिहार्यतालाई थप पुष्टि गर्न पनि यो महाधिवेशन सफल हुनेछ ।
विद्याको अभिभावकत्व
विधान महाधिवेशनको मिति जति नजिकिँदै त्यति नै पार्टीका पूर्वउपाध्यक्ष तथा नेपालका प्रथम महिला राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीको राजनीति पुनरागमनको विषयलाई त्यति तिखार्ने काम भएको छ । एमालेको आजको उचाइका पछि महामहिम भण्डारीको त्याग, बलिदानी र समर्पणको धरातलले कति काम गरेको भन्ने मापनको कुनै पनि विधिले निर्धारण गर्ने सक्दैन । जसकै मूल्याङ्कनकै प्रतिफल तमाम नेतृत्व भएर पनि दुई कार्यकाल देशको सर्वोच्च पदका लागि निर्विकल्प व्यक्तिका रूपमा पार्टीले उहाँलाई स्वीकार गरेको हो र आज पनि स्वीकारिरहेकै छ ।
पार्टीको निर्णायक तह हुँदै निरन्तर दुई कार्यकाल देशको अभिभावक बन्ने कुरा संसारमा बिरलैको जीवनमा आइपर्ने सौभाग्य हो । जुन हाम्रो महामहिम विद्यादेवी भण्डारीले प्राप्त गर्नुभयो । त्यो जबजको जगमा फैलिएको एमालेका लागि गर्व गर्न लायक विषय हो । तर, यसलाई राजनीतिक इखका रूपमा लिएर पछाडिबाट छुरा हान्ने आन्तरिक तथा बाह्य शक्तिका लागि सह्य भएको थिएन, छैन र हुन्न पनि ।
पार्टीभित्रको चर्चा पूर्वराष्ट्रपति भण्डारीको सक्रियता, क्षमता र दीर्घकालीन सोचमा खेलेर उनीहरूलाई एमाले घुमिल्याउने ठूलो वर्ग बनेको छ । आँखामा निरावादको पट्टी लगाएर अन्धकार दृश्यमा एमाले नेतृत्वको तस्बिर देख्दै सराप्ने तथाकथित बौद्धिक तप्काले बजाएको बेमौसमे बाजामा महामहिम पूर्वराष्ट्रपतिले हल्लाएको हात संयोग मात्र हो । यसलाई ऐतिहासिक विधान महाधिवेशनले नृत्यकै रूपमा बुझ्नु र महामहिमले पनि नृत्य नै हो भन्न खोज्नु पार्टीले लिएको जबज र समग्र नेपाली वाम आन्दोलनका लागि कुनै पनि ढङ्गले शोभनीय होइन र मान्न सकिँदैन । यो त एमालेलाई कमजोर बनाएर नेपाललाई अस्थिर बनाइराख्ने, अनावश्यक चलखेल गर्ने घरेलु र बाह्य शक्तिहरुको कुत्सीत प्रपञ्च हो ।
विधान महाधिवेशनको मिति जति नजिकिँदै त्यति नै पार्टीका पूर्वउपाध्यक्ष तथा नेपालका प्रथम महिला राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीको राजनीति पुनरागमनको विषयलाई त्यति तिखार्ने काम भएको छ । एमालेको आजको उचाइका पछि महामहिम भण्डारीको त्याग, बलिदानी र समर्पणको धरातलले कति काम गरेको भन्ने मापनको कुनै पनि विधिले निर्धारण गर्ने सक्दैन ।
लामो समयको कोमाबाट धुलो टकटक्याएर भर्खर मूलधारको राजनीतिक मैदानमा एमाले आएको छ । पार्टीले लिएका अडान, अक्तियार गरेका नीतिका कारण बढ्दो जनलहरलाई रोक्न विविध खाले तिकडमले पार्टीलाई फुटको अवस्थामा पुर्याउने काम भयो । तर पनि एकताबद्ध पार्टीमा कुनै फरकपन आएन । एमालेप्रति जनताको भरोसा टुटेन । फेरि पनि राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा एमाले स्थापित भइरह्यो । यसलाई कमजोर बनाउन सम्माननीय भण्डारीको पछिल्लो कदमलाई बुद्धिमत्ता पूर्वक अवतरण गराउने काममा यो महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने दायित्व छ ।
पार्टी उपाध्यक्ष जस्तो उच्च तहमा काम गरेर दशेको अभिभावकत्व गर्नु भएका पूर्वराष्ट्रपति भण्डारीको कार्य अनुभव पार्टीलाई कोमाबाट मैदानमा ल्याउन खेल्नु भएको भूमिका र निर्वाह गर्नु भएको जिम्मेवारी, दीर्घकालीन योजना अहिले पनि एमालेका लागि उत्तिकै महत्त्वपूर्ण छ । देशको अभिभावक बनेको व्यक्ति पार्टीको यसै पनि गौरवको विषय हो । त्यसमा त झनै पार्टीलाई अहिलेको अवस्थामा ल्याउन अतुलनीय भूमिका खेलेको नेताको सुपर भिजनले एमालेको उचाइ बढ्ने हो । त्यसैले महामहिम पूर्वराष्ट्रपति भण्डारीका अघि ‘गर्ने भन्दा गराउने व्यक्ति ठूलो’ भन्ने नेपाली लोक उक्तिलाई प्रमाणित गर्ने ठूलो अवसर छ । सबै ठाउँमा आफै जानु भन्दा आफ्नो नीति कार्यान्वयन गराउन सुपर भिजन गर्ने काम आफैमा युक्ति सङ्गत मात्र होइन यो युगसंगत पनि हुने कुरालाई गहिरो रूपले मनन गर्नुपर्छ भन्ने लाग्छ ।
यो ऐतिहासिक विधान महाधिवेशनले मदनको नीति, केपीको नेतृत्व र विद्याको अभिभावकत्वको महान् लक्ष्यलाई एकताबद्ध रूपमा अघि बढाएर मिसन ८४ को यात्राबाट समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा अभिभारालाई एकताबद्ध ढङ्गले अघि बढाउने ठूलो जिम्मेवारी आएको छ । महाधिवेशनमा आउनु भएका सबै प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक र सञ्चारकर्मी साथीहरूलाई गोदावरीमा हार्दिक स्वागत गर्दै नेपाली राजनीतिको अर्को कुम्भ मेलाका रूपमा आयोजित दोस्रो विधान महाधिवेशन सफलताको हार्दिक शुभकामना ।
(लेखक प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् ।)

Leave a Reply