सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा गोकुलको टिप्पणी-सरकारले नर्थ कोरिया पो बनाउने भएछ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन्।

उनले फेशबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’

सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्दैछ।

Comments

3 responses to “सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा गोकुलको टिप्पणी-सरकारले नर्थ कोरिया पो बनाउने भएछ”

  1. ksp pyl Avatar
    ksp pyl

    नियमन गर्न पहिला नेपालमा दर्ता गर्नु परेन ? अमेरिकामा भएको कम्पनिलाई नेपालमा दर्ता नै नगराई नियमन गर्न सकिन्छ ? त्यस्तो कम्पनिलाई यसो गर उसो नगर भन्ने अधिकार सरकारलाई हुन्छ ? यी पनि प्रचारमा आउन जे पनि बोल्दा रहेछन् । अमेरिकाले पनि टिकटक बन्द गराउदैछ, आफ्नो देशको लगानीकर्तालाई कम्पनि बेचेन भनेर । खोइ त्यहा त नर्थ कोरिया भनेनन् । यी महाशय पहिला पहिला मलाई ठिकै लाग्थे । आजभोलि यिनका कुरा सुनेर यी काम न काजका सन्काहा मात्र हुन् जस्तो लाग्न थाल्यो ।

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    खै राम्रै मान्छे जस्ताे लाग्थ्याे । तर भ्रम रहेछ । हैन नबुझ्नुभएकाे कि केही स्वार्थ छ ? सरकारले याे काम त गर्नै पर्ने हाेईन र ?

  3. ram bhattarai Avatar
    ram bhattarai

    यहि हाम्रा छिमेकी राष्ट्र भारत र पाकिस्तान लगायत विश्वका धेरै राष्ट्रहरुमा फेसबुक लगायत सामाजिक संजाल बिना दर्ता चलाउन पाइदैन। त्यहाँको कानून बमोजिम दर्ता गरेर मात्र चलाउन पाइन्छ बिना दर्ता चलाए संचालाकाई जरिवाना देखि कैद सम्मको सजाय हुने व्यवस्था छ। यहि हाम्रो देश नेपालमा मात्र किन हो कुनै पनि व्यवसाय संचालन गर्दा दर्ता गरेर चलाओ नत्र भन्दा गर्छु भन्दा हामि तेरा ऎन कानून निर्देशन मान्दैनौं बिना दर्ता चलाउँछौं के गर्छस भन्छन। कुनैपनि व्यवसाय गर्ने हो भने दर्ता गरेर चलाओ अन्यथा बन्द गर्छु भन्दा अराजकहरुको नजरमा स्वतन्त्रता कुण्ठित हुने रैछ। जंगली राज चलाउँ खोज्नेहरुको नजरमा अभिव्यक्ति स्वतन्त्रता खोसिएको हुने रैछ। सरकार नर्थ कोरियाको बाटोमा गएको हुने रैछ। सरकार उल्टो बाटोमा गएको हुने रैछ। कस्तो कानूनी र बौद्धिक चेत नभएको हो ? थुईक्क तिम्रा सोंच ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *