खानेपानीमन्त्री यादवसँग विवाद गरेकी किरण साह ५ हजार धरौटीमा रिहा

वीरगन्ज । खानेपानीमन्त्री प्रदीप यादवसँग फोनमा चर्को शैलीमा प्रश्न गरेकी वीरगन्जवासी किरण साहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा रहेको छ ।

कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुधबार पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान फाइल बुझाएपछि आज जिल्ला अदालत पर्सामा बहस भएको थियो ।

प्रहरीले गत शनिबार पक्राउ परेकी साहलाई मंगलबार दोस्रो पटक अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो । अनुसन्धान सकेर बुधबार प्रहरीले फाइल वकिल कार्यालयलाई बुझाएको थियो ।

वीरगन्जमा हैला प्रकोप फौलिएपछि हाल वीरगन्ज मुर्लीमा बसोबास गरिरहेकी बारा कलैयाकी स्थानीय बासिन्दा किरण साहले खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरेर आक्रोशित शैलीमा प्रश्न गरेकी थिइन् । वीरगन्ज स्थायी घर भएका मन्त्री यादव पर्सा–१ बाट निर्वाचित सांसद पनि हुन् । फोन संवादमा साहले मन्त्री यादवलाई धम्कीपूर्ण शैलीमा प्रश्न गरेकी थिइन् ।

सोही संवादलाई लिएर मन्त्री यादवको सचिवालयले दिएको उजुरीका आधारमा पर्सा प्रहरीले उनलाई गत शनिबार पक्राउ गरेको थियो । उनीविरुद्ध मन्त्रीलाई ज्यान मार्ने धम्की, झुटा अफवाह फैलाएको, विद्युतिय कारोवारसम्बन्धि अपराधमा गरी तीन वटा मुद्दा दायर गरेर अनुसन्धान गरेको थियो ।

बिहीबार मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा वीरगन्जमा हैजा र किरण साहले दिएको धम्कीबारे लामो स्टाट्स लेखेर स्पष्टीकरण दिएका थिए । उनले आफ्नो स्टाट्मा सचिवालयमार्फत प्रहरी समक्ष नरम भइदिन संदेश पठाएको पनि उल्लेख गरेका थिए ।

हैजाले प्रभावित साहलाई जनसरोकारको विषयमा चर्को स्वरमा धम्कीपूर्ण रुपमा आक्रोश पोखेकै कारण मन्त्री यादवले राजनीतिक पहुँच लगाएर महिलालाई प्रहरी हिरासतमा पुर्याएको भन्दै जनगुनासो र आक्रोश बढेको थियो ।

Comments

2 responses to “खानेपानीमन्त्री यादवसँग विवाद गरेकी किरण साह ५ हजार धरौटीमा रिहा”

  1. ksp pyl Avatar
    ksp pyl

    यो देशमा कुरा बुझ्नु पर्दैन । कसैले केही गर्न सक्छ सक्दैन । उसको कार्य क्षेत्रको विषय हो होईन । उसले प्रयास गरेको छ कि छैन । यी कुनै कुरा नहेरि गाली गर्ने, मुख छाडने, भाईरल हुने रोगले ग्रस्त भए नेपाली । सबैभन्दा त ठूला गाली गरेरै रविले पद पाएको ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    तिम्रा वेता ओली पनि त गाली शिरेमणी पदले बिभूषित ब्यक्ती हुन नि, आंगको भैसी हेर पहिला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *