माओवादीको निष्कर्ष- सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आशंका गरेको छ ।

पेरिसडाँडामा बसेका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने भएपछि सरकारको गतिविधि हेर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेजस्तो देखिएको बताए ।

उनले भने, ‘यसबारेमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्दैछौं । अध्ययन गरेर हाम्रो धारणा सार्वजनिक गर्छौँ । तर, हाम्रो प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको छ ।’

उनले सामाजिक सञ्जाल नियमनको बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको बैठकले निष्कर्ष निकालेको बताए ।

Comments

7 responses to “माओवादीको निष्कर्ष- सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ (भिडिओ)”

  1. LEKH NATH Avatar
    LEKH NATH

    सामाजिक संजाल कानुनको दायरामा आउदा र सरकारले नियमन गर्दा अभिब्यक्ती स्वतन्त्रता कुण्ठित हुन्छ ? चर्को सुल्क लगाउनु पर्दछ।
    अमेरिकाले भारतमा लगाए झैँ चर्को सुल्क लगाउनु पर्दछ ।

  2. ksp pyl Avatar
    ksp pyl

    नेपालको कानून मानेर दर्ता हुनु पर्दैन ? कसको नून खाएर बोलेको ? बोल्न त नेपालमा जति छुट कुन देशमा होला ? मनपरी बोल्नेलाई , मनपरी गर्नेलाई पनि कारवाही गर्न पाईदैन नेपालमा । दलाल, भाडाका टट्टुहरू उफ्रिन थालिहाल्छन् ।

  3. rajan Avatar
    rajan

    माओबादि तेतिकै यो हाल भएको होइन आकाश तिर थुक्दा आफ्नै अनुहारमा पर्छ भन्ने सम्मको पनि ज्ञान पनि छैन कि क्या हो? हिजो टिकटक नियम बनाएर सञ्चालन गर्नुपर्ने ठाउमा माओबादी आफै सरकारमा हुदा टिकटिम बन्द गर्दा त्यहाँ जनताको स्वतन्त्रता कुण्ठित भएको थिएन र? अहिले कानुन बनाएर सामाजिक सञ्जाल दर्ता गरेर मात्र सञ्चालन गरौ भनेर राज्यले नेपाल सरकारले बारम्बार पत्राचार सुचना जारी गर्दा समेत अटेरी गर्ने निकायलाइ बन्द गर्दा स्वतन्त्रता कुण्ठित कसरी हुन्छ ? के अब सरकार कुनै निकायको मनलागी र माओबादिको निर्देशनमा चल्नु पर्ने हो? यो बिज्ञपत्ति सच्याएर सरकारको समर्थन गर्दा चाहि माओवादिको हित होला कि?

  4. ram bhattarai Avatar
    ram bhattarai

    कानून बमोजिम दर्ता गरेर चलाउनु पर्ने व्यवसाय गैरकानूनी तवरले चल्दा कानून बमोजिम दर्ता गरेर चलाओ नत्र सर्बोच्चको आदेश बमोजिम त्यसलाई बन्द गर्छु भन्दा अराजकहरुको नजरमा स्वतन्त्रता कुण्ठित हुने रैछ। थुक्क तिम्रा कानूनी र बौद्धिक चेत ???

  5. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    बिना कारण टिकटक बन्द गरेकाे दुनियाँलाई था छैन ? आफुले बन्द गर्दा चाहिँ अभिब्यक्ति स्वतन्त्रता हनन् भएन । वाहियत कुरा नगर हाै । जनतालाई सबै था छ ।

  6. ksp pyl Avatar
    ksp pyl

    दिल्लीको टट्टु बनेर चीनलाई देखाईदिन माओवादीले टिकटक बन्द गराएको थियो । भाडाको टट्टु ।

  7. ram bhattarai Avatar
    ram bhattarai

    यहि हाम्रा छिमेकी राष्ट्र भारत र पाकिस्तान लगायत विश्वका धेरै राष्ट्रहरुमा फेसबुक लगायत सामाजिक संजाल बिना दर्ता चलाउन पाइदैन। त्यहाँको कानून बमोजिम दर्ता गरेर मात्र चलाउन पाइन्छ बिना दर्ता चलाए संचालाकाई जरिवाना देखि कैद सम्मको सजाय हुने व्यवस्था छ। यहि हाम्रो देश नेपालमा मात्र किन हो कुनै पनि व्यवसाय संचालन गर्दा दर्ता गरेर चलाओ नत्र भन्दा गर्छु भन्दा हामि तेरा ऎन कानून निर्देशन मान्दैनौं बिना दर्ता चलाउँछौं के गर्छस भन्छन। कुनैपनि व्यवसाय गर्ने हो भने दर्ता गरेर चलाओ अन्यथा बन्द गर्छु भन्दा अराजकहरुको नजरमा स्वतन्त्रता कुण्ठित हुने रैछ। जंगली राज चलाउँ खोज्नेहरुको नजरमा अभिव्यक्ति स्वतन्त्रता खोसिएको हुने रैछ। सरकार नर्थ कोरियाको बाटोमा गएको हुने रैछ। सरकार उल्टो बाटोमा गएको हुने रैछ। कस्तो कानूनी र बौद्धिक चेत नभएको हो ? थुईक्क तिम्रा सोंच ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *