प्राधिकरणलाई सरकारको निर्देशन- सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउनू

काठमाडौं । सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले निर्णय गरेलगत्तै मन्त्रालयले सूचना जारी गरेको छ ।

समय सीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही समयदेखि पुन: सक्रिय गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सर्वोच्चको अदालत अवहेलनासम्बन्धी मुद्दामा दिएको आदेशअनुरूप सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गर्नुपर्ने व्यवस्था गरिएको सरकारले जनाएको छ ।

उक्त आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्को भदौ ९ गते निर्णय गर्दै, ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सूचीकरण गर्न सात दिनको समयसीमा दिएको थियो । सोअनुसार भदौ १२ गते सार्वजनिक सूचना जारी गरिएको थियो ।

हेर्नुहोस् सूचना

Comments

One response to “प्राधिकरणलाई सरकारको निर्देशन- सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउनू”

  1. Ra Avatar
    Ra

    Mula sarkar

    VPN lai dhani banyauni vayo

Leave a Reply

Your email address will not be published. Required fields are marked *