एमाले सांसदले रास्वपा र राप्रपालाई ‘तिल्के गोरु’ सँग गरे तुलना (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले रास्वपा र राप्रपालाई तिल्के गोरुसँग तुलना गर्दै कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको मुद्दा उठाएका रास्वपालाई अहिले ल्याण्ड गर्न अप्ठ्यारो परेको बताए ।

तिल्के गोरुको उदाहरण दिँदै उनले भने, ‘जस्तो इस्यू उठाइन्छ ल्यान्डिङ गर्न धौ परेको छ । हिजो पनि साथीहरू ९५ दिन भयो भनेर कराउँदै हुनुहुन्थ्यो । अब भोलि ९७ दिन होला । जान सुरुसुरु जाने फर्किन अप्ठ्यारो हुन्छ कि हुँदैन भन्ने कुराको याद नगरी । मेरो त्यो तिल्के गोरुजस्तै ।’

उनले अदालतमा मुद्दा जित्न जस्तै संसदमा पनि मुद्दा उठाउन सजिलो भएपनि निष्कर्षमा पुर्‍याउन मुश्किल गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *