सडक विभागका डीईहरूको सरुवा सूची तयार, काठमाडौंमा सुवोध देवकोटा

काठमाडौं । सडक विभागका डिभिजन इन्जिनियर तथा आयोजना प्रमुखहरूको सरुवा सूची तयार भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार पारेको सरुवा सूची सार्वजनिक भइसकेको छैन ।

स्रोतका अनुसार २ वर्ष अवधि पूरा नगरेका अधिकांश डिभिजन प्रमुखहरूलाई यथावत राखिएको छ ।

स्रोतका अनुसार सबैभन्दा आकर्षक मानिने काठमाडौं डिभिजनमा सुवोध देवकोटाको सरुवा भएको छ । उनी नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका पूर्व केन्द्रीय अध्यक्ष हुन् । त्यस्तै चरिकोटमा नारायण भण्डारी, पोखरामा अमितकुमार शर्मा, नुवाकोटमा बद्री शर्माको सरुवा भएको छ ।

भक्तपुरका सुमनकुमार योगेश, झापा दमकका श्याम यादव, पाल्पाका रामपुकार जयसवाल, बुटवलका जीवेन्द्र मिश्र, खुर्कोटका पारमणी हमाल यथावत राखिएका छन् । कालिगण्डकीमा शिवलाल दाहालको नाम गएको छ । आधिकारिक सूची सार्वजनिक हुने क्रममा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *