रास्वपा नेतामाथि अज्ञात व्यक्तिहरुद्वारा रड प्रहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि आक्रमण भएको छ ।

गएराति काठमाडौंको कपन प्रगति चोकमा राति पौने ९ बजे आक्रमण भएको रास्वपाले जनाएको छ । घर जाँदै गर्दा नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीको टाउकोमा फलामको रडले प्रहार गर्नुकासाथै गाडीसमेत तोडफोड गरिएको रास्वपाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ज्यान लिने उद्देश्यले घटना भएको भन्दै रास्वपाले तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानूनी कारबाही गर्न  माग गरेको छ । रड प्रहारबाट भण्डारीको टाउकोमा १० टाँका लगाउनु पर्ने गरी गहिरो चोट लागेको र शरीरभर निलडाम रहेको बताइएको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरूको पन्जाबाट फुत्केर भागेका कारण भण्डारीले ज्यान जोगाउन सफल भएका थिए ।

पीडित भण्डारीका अनुसार एक टिभीमा केही समयअघि दिएको अन्तरवार्तालाई कारण बनाएर निरन्तर धम्की आइरहेको थियो । केही दिनअघि एक समूहले भण्डारीको अफिस रहेकै भवनमा आएर उनीबारे सोधखोज गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *