उपत्यका प्रहरीको अनौठो उर्दी- अनावश्यक खोक्ने खकार्ने नगर्नू, बिहानै कुकरमा सिठ्ठी नलाउनू

काठमाडौं । काठमाडौं प्रहरीले एउटा अनौठो उर्दी जारी गर्दै शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न भनेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत यस्तो उर्दी जारी गरेको हो ।

विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर गर्ने उक्त कार्यालयले जनाएको छ । ५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा कार्यालयले ध्वनी र प्रदुषण नियन्त्रणका लागि विभिन्न सल्लाहहरु दिएको छ ।

राति अनावश्यक आवज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अमेरिसम्म म्इुजिक बजाएर नाचगान नगर्ने लगायतका सुझाव छन् ।

यस्तै, बिहानको शान्ति कायम राखौं शीर्षकमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनिएको छ । गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्ने सुझाव कार्यालयले दिएको छ ।

यस्तै, राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउने, राति अबेरि वा बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउनसमेत भनिएको छ । कार्यालयले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ ।

Comments

One response to “उपत्यका प्रहरीको अनौठो उर्दी- अनावश्यक खोक्ने खकार्ने नगर्नू, बिहानै कुकरमा सिठ्ठी नलाउनू”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    आइन्दा पाद्नु पर्दा ठुस्स पाद्नु!! भ्वाक्क , ढुइॅय आवाज निकालेर पादेको खण्डमा होहल्ला कसुरमा जरिवाना गरिने छ , भन्ने उर्दी जारी गर्न चाही छुटेछ है प्रहरी कांग्रेस , होइन नेपाल प्रहरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *