न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका १७ सहसचिव र १३ उपसचिव सरुवा गरेको छ । आयोगको बुधवारको निर्णयअनुसार न्याय समूह र सरकारी वकिल समूहमा सहसचिव र उपसचिव पदमा कार्यरत कर्मचारीको सरुवा तथा पदस्थापन भएको हो ।

जसमा न्याय समूहतर्फका सहसचिव विशेष अदालतमा रजिष्ट्रारमा दरबन्दी रहेर न्याय परिषद् सचिवालयमा काजमा कार्यरत जितेन्द्रबाबु थपलियाको काजमै कार्यरत रहेको ठाउँमा सरुवा भएको छ भने उच्च अदालत पाटनमा रजिष्ट्रार पदमा दरबन्दी रहेर सर्वोच्च अदालतमा काजमा कार्यरत श्रीलाल पौडेलको काजमा कार्यरत ठाउँमै सरुवा भएको छ ।

सर्वोच्च अदालतमा सहरजिष्ट्रार दरबन्दी रहेर विशेष अदालतमा काजमा रहेका वेदप्रसाद उप्रेतीको काज रहेकै ठाउँमा रजिष्ट्रार पदमा सरुवा भएको छ ।

यस्तै न्याय परिषद् सचिवालयमा दरबन्दी रहेर उच्च अदालत पाटनमा काजमा कार्यरत डा. अशोककुमार क्षेत्रीको काजमै कार्यरत ठाउँमा रजिस्ट्रारमा सरुवा भएको छ भने उच्च अदालत जनकपुर अन्तर्गत अस्थायी इजलास वीरगन्जमा दरबन्दी रहेर सर्वोच्च अदालतमा काजमा रहेका दीपक भण्डारी कार्यरत ठाउँमा नै सहरजिस्ट्रारमा सरुवा भएको छ ।

Scanned Image
Scanned Image
Scanned Image
Scanned Image
Scanned Image

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *