पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- जनयुद्धजस्तै नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको भन्दै सडक आन्दोलनको तयारी गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रतिगमनलाई परास्त गर्न नयाँ आन्दोलन आवश्यक रहेको बताए।

उनले भने, ‘अहिले हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको छ, विभिन्न कोणबाट, क्रान्तिका उपलब्धिको रक्षा गर्न र नयाँ क्रान्ति समाजवादतिर यो देशलाई डोर्‍याउन अब फेरि हिजो जनयुद्धमा जस्तै गरी महिलाहरूको सक्रियता सदन सरकार र सडकमा आउन जरुरी छ। समाजवाद र महिलामाथिको विभेद सदाको लागि अन्त्य गर्न आन्दोलनमा जानुपर्छ।’

उनले अहिले संविधानमाथि पनि घात हुने हो कि भन्ने परिस्थिति बन्दै गइरहेको बताए। उनले अस्थिरता, अराजकता र भ्रष्टाचार अहिले संस्थागत हुँदै गइरहेको बताए।

Comments

2 responses to “पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- जनयुद्धजस्तै नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू”

  1. Raj Avatar
    Raj

    कहिले कांग्रेसको बुई चढेर कहिले एमालेको बुई चढेर जनताले तेस्रो पार्टी बनाए पनि प्रधानमन्त्रि पद पड्काईरहने आफ्नो सपना भताभुँग भएपछि अब आन्दोलनको धम्कि। कठै हामी जनता ।

  2. ksp pyl Avatar
    ksp pyl

    पद नपाएर छटपटाएको हेर । बरबराएर बोलेको हेर । जनयुद्वमा अब पनि जनता जान्छन भन्ने ठूलो भ्रम यसलाई रहेछ । यो आफैंलाई विश्वास छैन आफूले भनेको कुरामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *