मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार २ लाख घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

उनले फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका भण्डारीमाथी थप अनुसन्धान भइरहेको छ ।

Comments

One response to “मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार २ लाख घुससहित पक्राउ”

  1. Narayan Sharma Avatar
    Narayan Sharma

    The level of corruption has reached its height. At least one in thousands has been caught by the CIAA.

Leave a Reply

Your email address will not be published. Required fields are marked *