काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आन्दोलनरत उखु किसानको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले उखु र दूध किसानको माग सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्।
उनले बर्खाले बिगारेको बाटो तत्काल बनाउन थाल्न समेत माग गरे।
उनले भने, ‘दसैँ आउँदै छ, बर्खाले बाटो बिगारेको छ। जनतालाई आउजाउ गर्न समस्या हुन्छ। बाटाहरू निर्माण गरी सहज बनाउन माग गर्छु।’

Leave a Reply