काठमाडौं । कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले अर्का कलाकार दीप राज गिरिसँग माफी माग्दै उनको लागी आफ्नो सामाजिक संजालमा स्टाटस हालेका छन् । घिमिरेले आज बिहानै दीपकसँग माफी मागी, उनको गुणगान गाउँदै लामो स्टाट्स हालेका हुन् ।
स्टाट्सको सुरुमै जिस्का कोहि नही होता है, उसका दीपक राज गिरि होता है लेख्दै घिमिरेले दीपकलाई अरुले लखेट्दा आफुले केहि बोल्न नसकेकोमा भन्दै माफी मागेका छन् ।
‘मलाई माफ गर्नुहोला दीपक दाइ, तपाइँलाई अरुले लखेटदा म मुकदर्शक भएर बस्न बाध्य भए। धेरैले मलाई सकभर कम बोल्नु वा विवादमै नपर्नू भनेर सल्लाह दिनुहुन्छ, उनले लेखेका छन्,‘अहिले त मैले अभिनय गरेको चलचित्र ‘माग्नेराजा’ प्रदर्शनमा छ, दशै र तिहारमा थप दुई चलचित्र आउँदैछ। झन् यस्तो बेला त विवादमा बोल्दै नबोल्नू भन्छन् ।’
यति लेखेर घिमिरेले दीपकको बयान गरेका छन् । उनले भनेका छन् , ‘कसैलाई ठुलो आपद पर्छ, तपाईं ठिक त्यहि बोल्नुहुन्छ। यस अघि तपाईले समिक्षा अधिकारी, एलिना चौहान, रवि लामिछाने, प्रकाश सपूत, सुरक्षा पन्तलगायत धेरै जनाको सपोर्टमा बोल्नुभयो। फोकटमा गालीहरु पनि खानुभयो। त्यहीँ भएर मलाइ लाग्छ जिस्का कोहि नही होता है, उसका दीपक राज गिरि होता है । अहिले यति मात्र। म केहि बोलिन।’
घिमिरेले आफुलाई गाह्रो पर्दा दीपकले साथ दिएको कुरा पनि आफ्नो स्टाट्समा लेखेका छन् । ‘तपाईले माग्नेलाई लखेट्दा काँध हाल्नुभो। अहिले रोहित अधिकारीलाई आड भरोस दिँदै हुनुहुन्छ। यसरि हेर्दा आज जसले तपाइलाई लखेट्दै छ, भोलि उसैलाई पनि तपाइंले नै सपोर्ट गर्ने दिन नआउला भन्न सकिदैन,’उनले जोडेका छन् ।
यति भन्दै घिमिरेले दीपकले सबैको समर्थनमा बोल्दा लेखेको स्टाट्स पनि शेयर गरेका छन् ।
अहिले सिने नगरीमा दशैंको फिल्मी माहोल सुरु भएको छ। गत वर्ष झै दीपकराज र सन्तोष सेन फेरि एकपटक आमनेसामने भएका छन् । फेसबुकमा यी दुईको वाकयुद्ध भइरहेको छ। यी दुईको वाकयुद्धसंगै अहिले प्रदर्शन मिति नजिकिएका दुई चलचित्र ‘माइतीघर’ का निर्माता रोहित अधिकारी र ‘बलिदान’ का निर्देशक सन्तोष सेनको फेसबुकमा जुहारी चलिरहेको छ।
यहाँसम्म की, कुरा अदालतसम्म पुगेको छ। यहीँ जुहारीमा कलाकार दीपकराज गिरि ‘माइतीघर’ का निर्माता रोहित अधिकारीको समर्थनमा बोलिरहेका छन् । ‘माइतीघरमा माग्ने बुढा पनि फिचर्ड छन् ।

Leave a Reply