काठमाडौं । चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनफिङले भिक्ट्री परेडमा सहभागी २६ देशका विशिष्ट पाहुनाका लागि दिएको दिवा भोजको मेनु हङकङको सरकारी पत्रिका वेन वेइ पोले सार्वजनिक गरेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरूलाई विशाल सैन्य परेडपछि सीले दिवाभोज दिएका थिए । दिवाभोजमा परम्परागत चिनियाँ परिकारका साथै अन्तर्राष्ट्रिय शैलीका परिकार समेत समावेश गरिएका छन् ।

शंखे कीराको मासुसहितको चिकन सुप, भेडाको मासु (ल्याम्ब चप), स्टर फ्राइड लबस्टर, विभिन्न प्रकारका च्याउ, रोस्टेड सालमोनलगायतका खाना समावेश गरिएका थिए । यसैगरी अन्य परिकारमा फ्राइड राइस, पिँडालुबाट बनेको केक, आँपको केमका साथै चीनको हेबई प्रान्तमा बनेको रातो र सेतो दुवै प्रकारका वाइन समावेश गरिएका थिए ।

Leave a Reply