काठमाडौं । नक्कली प्रहरीले बनेर खानतलासीको बहानामा प्रहरीले दुई जनालाई पक्राउ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले बालाजु बाइपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि प्रहरी भन्दै खानतलासी गरेर मोबाइल लुटपाट गरेको आरोप छ ।
सोमबार ५ बजे बालाजु, बाईपास क्षेत्रमा प्रहरी हुँ भन्दै मानिसहरूको कोठाभित्र छिर्ने र खानतलासी गरेर मोबाइल लुट्नेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली, बडी बर्दगोरिया गाउँपालिका २ घर भई काठमाडौं, बानियाटार बस्ने २९ वर्षीय हेमराज ढुङ्गाना र कैलाली, जोशीपुर गाउँपालिका १ घर भएका ३१ वर्षीय बिनोद केसी हुन् ।
प्रहरीले उनीहरूबा ओप्पो, सामसुङ, रेडमी, रिलमी र भिभो कम्पनीका अलग अलग मोबाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।

Leave a Reply