संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित, अब प्रतिनिधि सभामा पठाइने

काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिईन ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकमाथी छलफल गरियोस भन्ने प्रस्ताव गरेकी थिईन ।

मन्त्रीले प्रस्ताव पेश गरे लगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए । उनीहरुले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन् ।

लगत्तै मन्त्री न्यौपानेले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरेपछि सर्वसम्मतबाट पारित भएको छ ।

Comments

One response to “संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित, अब प्रतिनिधि सभामा पठाइने”

  1. ksp pyl Avatar
    ksp pyl

    एउटा सम्भावित कलंकबाट मुक्त भयौ ।धन्यवाद ।अब अर्को अखडा छ जहाँ फेरि पनि दलालहरूको चलखेल कामयावी हुने सम्भावना छ । अब कुलिङको सम्बन्धमा गरिएको सम्शोधन बाहेक अरू सबै संशोधन अस्विकार गरेर विधेयक पास गरेर छिटो राष्ट्रपतिकोमा पठाओ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *