एकताकाे चर्चाबीच माधवसँग प्रचण्डकाे बाक्लियाे भेटवार्ता, आज पनि महासचिव गुरुङ लिएर पुगे आलोकनगर

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो समय भेटवार्ता बाक्लिएको छ । आज पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महासचिव देव गुरुङ लिएर नेकपा एसको कार्यालय आलोकनगर पुगे ।

बैठकमा नेकपा एसका तर्फबाट अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत नेताहरू सहभागी थिए। दुई पार्टीका शीर्ष नेताहरुबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाएर जानेबारे छलफल भएको नेकपा एसका उपमहासचिव रामकुमार भट्टराईले बताए ।

उनले भने, ‘समाजवादी मोर्चाको कामलाई व्यवस्थित बनाउने, दुई पार्टी वैचारिक दृष्टिकोणलाई एकमत बनाएर अघि बढ्नेलगायतको विषयमा कुराकानी भयो ।’

उनले दुई पार्टीबीच मात्रै नभएर मोर्चामा आबद्ध रहेका दलहरूबीच वैचारिक एकता गर्नमा आफूहरू केन्द्रित रहेको बताए ।

माओवादीसँगको एकताको चर्चाबारे उनले भने, ‘दुई पार्टीबीच मात्रै होइन, मोर्चामा रहेका पार्टीहरूका बीचमा वैचारिक छलफल गर्ने र विचारमा एकरूपता पहिला गर्ने भन्नेमा छलफल केन्द्रित छ ।’

पछिल्लो समय प्रचण्ड र माधव नेपाल पार्टी एकतालाई केन्द्रित बनाएर निरन्तर संवादमा छन् । अध्यक्ष नेपाल माओवादीसँग एकता गर्न नरम भएपछि सम्मानित नेता खलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित उनी पक्षधर नेताहरू विपक्षमा छन् ।

Comments

One response to “एकताकाे चर्चाबीच माधवसँग प्रचण्डकाे बाक्लियाे भेटवार्ता, आज पनि महासचिव गुरुङ लिएर पुगे आलोकनगर”

  1. ksp pyl Avatar
    ksp pyl

    यी दुबै सकिएका मिलेर हुन्छ के ? माधव मिल्दा माधवकाथोरै मात्र माओवादीमा जालान ।बाँकी सबै एमाले मै फर्किन्छन् । माओवादीका पनि माधव गुट प्रवेशका कारण पद नपाउनेहरूले पार्टी फुटाउछन् । एमालेलाई देखाईदिन मिल्ने भनेर हल्ला गरेका होलान । एमालेले त तिमीहरू मिलेर सकिएको राम्रो भन्दैछ त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *