निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन नपाउने

काठमाडौं । निजामती कर्मचारीले अब सरकारीमा बाहेक बाहिरका प्रशिक्षण केन्द्रमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने नपाउने भएका छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकको दफा ८२ को उपदफा २ को खण्ड ङ मा सरकारले नै प्रस्ताव गरेको व्यवस्थालाई पारित गरेको हो ।

प्रतिनिधि सभाले पनि प्रस्तावित व्यवस्थालाई नै पारित गरेको थियो । विधेयको दफा ८१ को उपदफा २ को खण्ड ङ मा नेपाल सरकार वा प्रदेश सरकारले सञ्चालन गरेको वा नेपाल सरकारको पूर्ण वा आंशकि स्वामित्व वा नियन्त्रणमा रहेको प्रशिक्षण संस्थामा कार्यालयको कामममा बाधा नपर्ने गरी प्रशिक्षणणसम्बन्धी कार्य वा अनुसन्धान गर्न पाउने व्यवस्था छ ।

*(यसअघि समिति सचिवालय र समितिका सदस्यले दिएको सूचनाका आधारमा ठिक उल्टो समाचार सम्प्रेषण भएकोमा माफी चाहान्छौं ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *