विधेयक सच्याउन दवाव दिन रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालयमा धर्ना दिएको छ ।

विधेयकमा सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्याउन दवाव दिन भन्दै शिक्षकहरुले मंगलबार काठमाडौंको बनस्थलीस्थित रास्वपा कार्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षणपत्र बुझाएको हो ।

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । सरकारले बेलैमा शिक्षकका मुद्दामा ध्यान नदिँदा उनीहरु राजनीतिक दलको ढोकामा पुगेर धर्ना दिनुपर्ने अवस्था आएको उनले बताए ।

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ । यसअघि महासंघले एमाले, कांग्रेस र माओवादी मुख्यालयमा धर्ना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको थियो ।

 

Comments

One response to “विधेयक सच्याउन दवाव दिन रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना”

  1. ksp pyl Avatar
    ksp pyl

    यी माड्सावहरूलाई नपढाई तलव खानु परेको छ ।मन लागेको गर्न पाउनुपर्छ भन्ने छ । पालिका अन्तर्गत भएमा रेखदेख बढी हुन्छ । पढाउनुपर्छ । पहिला जस्तो भ्रष्ट विद्यालय निरीक्षकको समयजस्तो भए पो मस्ती हुनु । यिनलाई डाहाभएको चूरो कुरा पालिका अन्तर्गत बस्न नपर्ने हो । फुक्काफाल हुनको लागि । भटाभट विधेयक पास गरेर कार्यान्वयनमा लैजाउ । आन्दोलन भनेको शिक्षकका नाममा दलाली गरेर मोज गरिरहेकाहरूले गर्ने हो । दलालहरूलाई बाल मतलव नगर । यसरीजसले जे भन्यो त्यहि मात्र मानेर देश चल्छ ? सरकारको योजना धारणा के हो त्यहि अनुसार चल ।स्वार्थका पोकाबोकेर हिडेकाहरूको पछि नलाग । शिक्षा विधेयकलाई कमाउने भाँडो बनाएको प्रचण्ड माग पूरा गर भन्छ । यस्ता दलालका मतियार हरूको कुरा सुनेर साध्य हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *