काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिमा इश्वरीदेवी न्यौपाने आएपछिको पहिलो बैठक सुरु भएको छ । समितिको सभाहल सिंहदरबारमा अहिले दिउसो ३ बजेबाट बैठक सुरु भएको हो । समितिको बैठकमा समितिको सभापतिबाट राजिनामा दिएका तत्कालीन सभापति रामहरी खतिवडा पनि सहभागि छन् ।
समितिको बैठकमा समिति सभापति न्यौपानेको छेउमै रामहरी खतिवडा बसेका छन् । उनले आफ्नो कार्यकालमा भएका गतिविधिसँगै नवनिर्वाचित सभापति न्यौपानेलाई शुभकामनासँगै सफल कार्यकालको शुभकामना समेत बैठकमा दिएका छन् ।
समितिको आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको अहिलेसम्मको कामकारबाहीको समीक्षा र विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

Leave a Reply