सुडानमा पहिरोले एउटा गाउँ बगाउँदा कम्तिमा एक हजार मानिसको ज्यान गयो

काठमाडौं । सुडानको पश्चिम इलाकामा पहिरोमा परेर कम्तिमा एक हजार मानिसको ज्यान गएको छ ।

सुडानको विद्रोही संगठन लिबरेशन मुभमेन्ट आर्मीका अनुसार पश्चिम सुडानको दुर्गम इलाका तारासिन गाउँको अधिकांश क्षेत्र पहिरोमा परेको हो ।

पहिरोमा परेर एक हजार भन्दा बढी मानिस मारिँदा उक्त गाउँका एकजना मात्र जीवित पाइएका छन् । सो विद्रोही संगठनले संयुक्त राष्ट्रसंघ लगायत क्षेत्रीय अन्तर्राष्ट्रिय संस्थाहरुसँग मानवीय सहायताका लागि अपिल गरेको छ ।

पहिरो प्रभावित क्षेत्रमा विद्रोही संगठनको नियन्त्रण रहेको छ । गृहयुद्धको चपेटामा परेको सुडानमा पछिल्लो २ वर्षमा डेढ लाखभन्दा बढी मानिस मारिएका छन् भने १ करोड मानिस विस्थापित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *