‘बलिदान’का टीमविरुद्ध ‘माइतीघर’का निर्माताले गुहारे साइबर ब्यूरो

काठमाडाैं । आउँदो दशैंको फुलपातिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’का निर्माता रोहित अधिकारीले सोही मितिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’ टीम र निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध जाहेरी दिएका छन् । अधिकारीले भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर जाहेरी दर्ता गरेका छन् ।

‘बलिदान’बाट आफ्नो चलचित्र ‘माइतीघर’लाई क्षति पुग्ने गरी सामाजिक संजालमा नकरात्मक कमेन्ट गरिएपछि आफू साइबर ब्यूरो गुहार्न बाध्य भएको अधिकारीले बताए ।

उनले भने, ‘साइबर स्यालहरुले हामीमाथि नकरात्मक कमेन्ट गर्दै निरन्तर प्रहार गरिरहेका छन् । यही कारण हामी गालीगलौज अन्तर्गतको जाहेरी लिएर साइबर ब्युरो पुगेको हुँ ।’

उनले जाहेरी दर्ता नम्बर २५६८ भएको पनि बताएका छन् ।

आउँदो दशैंको फुलपातिमा तीन चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउँदैछ ।

यी तीन चलचित्रमध्ये ‘माइतीघर’ र ‘बलिदान’का निर्माताहरु सामाजिक संजालमा आक्रमक तवरले वाकयुद्धमै उत्रिएका छन् । यसैको परिणति हो गालीगलौजको जाहेरी । ‘हरिबहादुरको जुत्ता’का निर्माण टिम भने अहिलेसम्म मौन देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *