यस वर्ष अवकाश उमेर ५८ वर्षमै सहमतिसँगै मुख्यसचिवसहित १८ सय कर्मचारी घर जाने

काठमाडौं । संघीय निजामती सेवा ऐन, २०८२ अन्तर्गत यस वर्षदेखि अवकाश उमेर ५८ वर्षमै कायम गर्ने सहमति बनेसँगै ठूलो संख्यामा कर्मचारी अवकाशमा जाने भएका छन् ।

सो निर्णय अनुसार मुख्यसचिवसहित ७ जना सचिव र ६५ जना सहसचिव सहित करिब १,८०० कर्मचारी निजामती सेवा ऐन, २०४९ कै यसअघि सरकार र सत्तापक्षले अवकाश उमेर ५९ वर्ष बनाउने अडान लिएको थियो । तर तत्काल ५९ वर्षे उमेर हद लगाउनुको पछाडी मुख्यसचिवसहित ७ जना सचिवको एक वर्ष सेवा अवधि बढाउने चलखेल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपका माओवादी केन्द्रसहितका दलले नमानेपछि अन्ततः यस वर्षका लागि ५८ वर्षमै कायम गर्ने सहमति भएको हो ।

निजामती कर्मचारीका विभिन्न संघ संगठनले पनि तत्काल ५९ वर्ष लागू गर्न खोज्नु व्यवस्थापन दृष्टिले अव्यावहारिक हुने भन्दै आपत्ति जनाएका थिए । विपक्षी दलको दबाबपछि सत्तारुढ दल पनि पछि हटेको हो ।

समितिको शुक्रबारको बैठकमा ५८ वर्षे अवकाश उमेर हद लागू गर्ने सर्वसम्मत निर्णय भइसकेको थियो । तर, आइतबार सत्तापक्षको निर्णयबमोजिम मन्त्रीले ५९ वर्षे अवकाश उमेर यसै वर्षदेखि लागू गर्नुपर्ने प्रस्ताव राखिन् ।

५९ वर्षे अहिले लागू हुँदा भने मुख्यसचिवसहितलाई फाइदा पुग्छ । उनीहरू यसै वर्ष ५८ वर्षे उमेर हदका कारण घर जाँदै थिए । एक वर्ष जागिर लम्ब्याउन उनीहरूले मन्त्री र सत्तापक्षका सांसदलाई लचिलो बनिदिन अनुनय गरेकी थिईन ।

५८ वर्षे उमेर हद यसै वर्षदेखि लागू गर्ने व्यवस्था गरिएकोमा निजामती विधेयक, २०४९ को व्यवस्था अनुसार ५८ वर्षे उमेर हदका कारण राष्ट्रिय कितावखानको विवरण अनुसार चालू आर्थिक वर्षमा मुख्यसचिव एक नारायण अर्यालसहित ७ जना सचिवबाट अनिवार्य अवकाशमा जाने छन्।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव फणिन्द्र गौतम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा.रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव डा.केशवकुमार शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.दीपकुमार खराल, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह यसै वर्ष ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने सूचीमा छन् ।

सचिव मात्रै नभएर करिब ६५ जना सहसचिवको पनि ५८ वर्षे अवकाश उमेरहदका कारण यसै वर्ष अवकाशमा जानेछन् । सहसचिवभन्दा मुनि अर्थात् उपसचिवदेखि श्रेणिविहीन कर्मचारीसम्म गरेर करिब १८ सय कर्मचारी घर जाँदै छन् ।

५९ वर्षे अवकाश उमेर हद तत्काल लागू गरेको अवस्थामा उनीहरूको जागिर अवधि एक वर्ष लम्बिने थियो । जसले लोक सेवा अयोगबाट हुने करिब १८ सय विज्ञापन होल्ड हुने दाबी गरिएको थियो ।

चालू आर्थिक वर्षमा मुख्यसचिवदेखि श्रेणीविहीनसम्म गरेर २ हजार २ सय ११ जना ५८ वर्षे उमेर हदका कारण अवकाशमा जाने सूचीमा रहेकोमा सचिवदेखि श्रेणीविहीनसम्म गरेर ३३५ जना कर्मचारी आजको दिनसम्म अवकाशमा गइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *