डिभोर्सको प्रमाण देखाउँदै लेखजंगले भने- मेरो पारिवारिक जीवन न गैरकानूनी छ, न समस्याग्रस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रुपन्देही-३ को उम्मेदवार बनेका न्युरोचिकित्सक लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नहरूको जवाफ दिएका छन्।

थापाले सामाजिक सञ्जालमा प्रमाणहरु राख्दै आफ्नो पारिवारिक जीवन गैरकानूनी र समस्याग्रस्त नभएको बताएका हुन् ।

उनले सम्बन्धविच्छेद भएकी पत्नीबाट जन्मिएको एक सन्तान रहेको र उसको भविष्यलाई ध्यानमा राख्दै दुवै अभिभावकले सौहार्दपूर्ण सम्बन्ध कायम गरिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मसँग सम्बन्धविच्छेद भएकी श्रीमतीसँग सन्तान छ, र उसको पालनपोषणका लागि हामीले साझा जिम्मेवारी लिएका छौं। यसलाई समस्या वा गैरकानूनी भनेर व्याख्या गर्नु गलत हो ।’

उनले यो विषयलाई व्यक्तिगत आक्रमण नभई आफ्नो पार्टीमाथि गरिएको योजनाबद्ध प्रहार भएको बताएका छन् । सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘माथि आक्रमण भएको भए म चुप लाग्थें, तर यो आक्रमण सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको हो।”

थापाले पेशागत जीवनले दिएको सन्तुष्टिबाट मात्रै नपुगेर, देशमा बढ्दो विकृतिबाट असन्तुष्ट भएर आफू राजनीतिक यात्रामा आएको पनि बताएका छन् ।  “म नेता बन्न होइन, देश बदल्ने सहयात्री बन्न आएको हुँ। रूपान्तरणको सुनामी ल्याउन जोसुकै त्याग गर्न तयार छु,” उनले भने।

थापाले पार्टीले गर्ने कुनै पनि निर्णयलाई आफूले सम्मानपूर्वक स्वीकार्ने पनि बताएका छन् ।

Comments

One response to “डिभोर्सको प्रमाण देखाउँदै लेखजंगले भने- मेरो पारिवारिक जीवन न गैरकानूनी छ, न समस्याग्रस्त”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    राजनीतिमा विचारहिन र चरित्रमा नैतिकहिन अवसरवादी पात्रहरू नयाँ हौं र विकल्प दिन्छौं भन्दैछन्। भ्रममा नपरौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *