विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीलाई वार्षिक डेढ लाखकाे बीमा सुरक्षा

काठमाडौं । चलचित्र विकास बोर्डले आयोजना गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् ।

चलचित्रकर्ममा समर्पित रही चलचित्र क्षेत्रको श्रीवृद्दिका लागि अहोरात्र खटिने चलचित्रकर्मीको औषधोपचार खर्चको सुनिश्चितताको लागि चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको हो ।

बीमा कार्यक्रम अन्तर्गत विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीले अब वार्षिक एक लाख पचास हजार रुपैया र चलचित्रकर्मी श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीले वार्षिक पचहत्तर हजार रुपैयाँ बराबरको औषधी उपचार र बीमा सुविधा पाउनेछन् ।

यो बीमा कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्ने विकास बोर्डको धारणा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *