सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो ६ घरमा क्षति

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर बगाएको छ ।

थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीका कारण ६ वटा घर आंशिक क्षति पुगेको छ ।

खम्बु पासाङ गाउपालिकाले विज्ञप्ती जारी बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएको जनाएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले तत्काल उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको  बताए।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

बाढीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *