आरएचभीएपिको अस्थायी कार्यालय स्थापना

सुर्खेत । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (आरएचभिएपि)को अस्थायी कार्यालयको स्थापना भएको छ। सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कार्यालयको सुभारम्भ गरेका हुन्।

शुभारम्भ कार्यक्रमा मन्त्री शाहले यस कार्यालयको स्थापना अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी कार्यालयको रुपमा रहने बताए।

मन्त्री शाहले कर्णाली प्रदेशमा कार्यान्वयनको चरणमा रहेको यस कार्याक्रमले प्रदेशको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्ने उल्लेख गरे। उनले भने, ‘हाम्रो निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुखी कृषिमा रुपान्तरणका साथै कर्णालीको रैथाने बालीको सम्बद्र्धन गरी प्रायावरणमैत्री कृषि उत्पादन र बजारीकरणको व्यवस्थापन गर्ने छ।’

यस्तै, मन्त्री शाहले यस कार्यक्रमबाट साना किसानहरुको आय स्तरमा वृद्धि भइ किसानहरुको जीवनस्तरमा सुधार, कृषि तथा पशुपन्छि क्षेत्रको विकास सँगै रोजगारी सृजना गर्ने बताए।

यस्तै, मन्त्रालयका सचिव परशुराम रावतले आर्थिक वर्ष २०८१ र ०८२ देखि २०८९ र ०९० सम्म ८ वर्षसम्म सञ्चालन हुने र कर्णाली प्रदेशमा एक प्रादेशिक कार्यक्रम सुर्खेत, जुम्ला र जाजरकोटमा कोरिडर कार्यालयहरु रहने बताए।

सचिव रावतले गरिबी न्युनिकरण गर्ने, साना किसान परिवारको उत्थानशीलता अभिवृद्धि तथा सुधार गर्ने लक्ष्य रसाना किसानहरुको कृषि प्रणालीलाई लाभकारी, समावेशी र प्रायावरणमैत्री बनाइ दिगो खाद्य प्राणालीमा रुपान्तरण गर्न सहयोग गर्ने उदेश्य राखेको बताए। कार्यक्रम कर्णाली प्रदेशका ८ जिल्लाका ३२ वटा पालिकामा लागु हुनेछ।

कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (ईफाड) ले आर्थिक सहयोग गरेको यो कार्यक्रम संघ, प्रदेश, स्थानीय तह र लाभग्राही उत्पादक उद्यमीसँग मिलेर सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *