काठमाडौं । गीतकार गणेश उप्रेतीकाे ‘सिन्दूर’ म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । गायिका पुनम गुरुङको आवाजमा सजिएको गीत ‘सिन्दुर’ को म्युजिक भिडियो सार्वजनिक भएको हाे ।
बिनु गुरुङको प्रखर अभिनय रहेको सो म्युजिक भिडियो पुनम गुरुङ अफिसियल यूटुब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ । गीतमा संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।
एक दशक देखी गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको हालसालै तीज गीत ‘ए साथी सँगी हो’ लगायत ‘तिम्रो दिलको’, ‘लगन जुरेर’, ‘लाइदेउ माया’, ‘नजर को गुलेली’, ‘जाले रुमाल’, ‘दिल यहाँ’, जस्ता दर्जन बढी चर्चित गीतहरु यस अघी नै सार्वजनिक भैसकेका छन् ।

Leave a Reply